आज प्रदेश नं १ मा २८७ सङ्क्रमित
विराटनगर, १८ मङ्सिरः प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, […]