नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस, कुशल र करण टी–१० क्रिकेट लिग खेल्न युएई प्रस्थान
काठमाडौँ, ९ माघ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ जानुभएको हो । खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनुहुनेछ । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नुहुनेछ […]