नेपाली खोज
बुधबार, माघ ५, २०७८
  • होमपेज
  • कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा

कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा

  • Govinda Karki
  • मङ्लबार, मंसिर २१, २०७८
कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा

झापा, २१ मङ्सिरः नेपाली कांग्रेस प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताउनुभयो ।

“सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा” उहाँले भन्नुभयो,“अब जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा । सबै जितिन्छ भन्ने आशा छ ।” उहाँका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बालगायत सात जनाले उम्मेद्वारी दिने तयारी गर्नुभएको बताइएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका