नेपाली खोज
मङ्लबार, मंसिर १४, २०७८
  • होमपेज
  • लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा ‘नतड्पाउन’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा ‘नतड्पाउन’ सार्वजनिक (भिडियो)

  • Govinda Karki
  • सोमवार, कार्तिक २२, २०७८
लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा  ‘नतड्पाउन’ सार्वजनिक (भिडियो)

काठमाडौँ । युवागायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ‘नतड्पाउन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना, राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ ।

भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ । गायक आयुष १ बर्ष अघि ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका