नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • नेपाल आइडलकी विजेता सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक (भिडियो)

नेपाल आइडलकी विजेता सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक (भिडियो)

नेपाल आइडलकी विजेता सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक (भिडियो)

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक भएको छ ।

बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन ।

भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि ‘लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका