नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • देशभर पछिल्लो २४ घण्टामा थपिए १८८ कोरोना सङ्क्रमित

देशभर पछिल्लो २४ घण्टामा थपिए १८८ कोरोना सङ्क्रमित

  • Govinda Karki
  • मङ्लबार, चैत्र १०, २०७७
देशभर पछिल्लो २४ घण्टामा थपिए १८८ कोरोना सङ्क्रमित

काठमाडौँ, १० चैतः देशभर पछिल्लो २४ घण्टामा थप १८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ । निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहकेको छ । गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

अहिले देशभर एक हजार १२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० को पिसीआर परीक्षण भएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका