दुल्लू, ८ चैतः आठविस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाए पनि साना माछा मारेर बिक्रीका लागि सुकुटी बनाइँदै । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुने अवस्था आएपछि विसं २०७६ चैत १ गतेदेखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको थियो । वेला वेलामा सम्बन्धी निकायको ध्यान नपुग्दा यहाँ साना माछा मार्ने कार्य जारी रहेको छ । तस्बिरः पुरुषोत्तम थापा/रासस