नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • सरकार र विप्लपबीचको वार्ता सकारात्मक : नेता लेखक

सरकार र विप्लपबीचको वार्ता सकारात्मक : नेता लेखक

  • Govinda Karki
  • बिहिबार, फाल्गुन २०, २०७७
सरकार र विप्लपबीचको वार्ता सकारात्मक : नेता लेखक

कैलाली, २० फागुन: नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार र विप्लप नेतृत्वबीच हुन लागेको वार्तालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ताबाट निस्कने जुन पनि सहमति छ त्यो बहुलवादमा आधारित, बहुदलीय प्रतिष्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थाको परिधिभित्र रहनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि वार्ता, संवादबाट यो परिधिभन्दा बाहिर गएर सहमति भयो भने त्यो सहमति काँग्रेसका लागि मान्य हुँदैन ।” प्रत्येक समस्याको समाधान वार्ता वा संवादबाट नै हल गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मान्यता रहेको उहाँले बताउनुभयो । हत्या, हिंसा र आतङ्कको राजनीतिले मुलुक अगाडि बढ्न सक्दैन भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको उहाँले विचार व्यक्त गर्नुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका