नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • झाक्री छुटेपछी घरमा पुग्दा चल्यो रुवाबासी, आमाबुबा र झाक्री पहिलोपटक मिडियामा, झाक्री भेट्दा डि.बि लिम्बुको थामिएन आँसु, यो भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

झाक्री छुटेपछी घरमा पुग्दा चल्यो रुवाबासी, आमाबुबा र झाक्री पहिलोपटक मिडियामा, झाक्री भेट्दा डि.बि लिम्बुको थामिएन आँसु, यो भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

  • Govinda Karki
  • बिहिबार, फाल्गुन २०, २०७७
झाक्री छुटेपछी घरमा पुग्दा चल्यो रुवाबासी, आमाबुबा र झाक्री पहिलोपटक मिडियामा, झाक्री भेट्दा डि.बि लिम्बुको थामिएन आँसु, यो भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

झाक्री १४ दिनपछि छुटेका छन । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए । आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ ।

केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थुकेर आफ्ना शरीरमा भएका कपडा खोलेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो हर्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै हर्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खुकुरी नचाउदै माताहरुले कुटपिट गरेको भिडियो सबैमाझ आएको थियोे । त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।

ती युवाले थानमै लुगा खोलेर यस्तोसम्म हर्कत गरेको खुलासा भएको छ । झाक्रीलाई षड्यन्त्र गरि फसाएको भन्दै गाउँ नै झाक्रीको पक्षमा उर्लीएको छ । त्यो दिन युवाले थानमै यस्तोसम्मको हर्कत गरे कि सबै चकित नै बनेका थिए । आज आफ्नो छोरो जेल परेपछि ताप्लेजुङबाट रुदै आमाबुबा बेलबारी आइपुगेका थिए । उनिहरुले झाक्रीको बाल्यकालदेखि आजसम्मको कथा सुनाउदा सबैका आखामा आँसु नै आएको छ । बोल्दाबोल्दै रुन थालेकी आमाको रुदा रुदा आँसु नै रित्तीएको थियो ।

झाक्री १४ दिनपछि छुटेपछी सबैका खुशिका आँसु खसेका छन । झाक्रीलाई देख्नेबित्तिकै आमाबुबा भावुक बने । आमाबुबाले रुदै यस्तोसम्म सुनाए कि सबैले आँसु थाम्न सकेनन । झाक्री पनि भावुक बन्दा डि.बि लिम्बू समेतले आँसु थाम्न सकेनन । तलको भिडियोमा हेर्नुहोला तपाई पनि रुनुहुनेछ । साथ दिने सबै नेपालीलाई आमा बुबाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका