नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • मिसेस नेपाल ग्ल्याम’को छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुने

मिसेस नेपाल ग्ल्याम’को छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुने

  • Govinda Karki
  • बिहिबार, फाल्गुन २०, २०७७
मिसेस नेपाल ग्ल्याम’को छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुने

काठमाडौँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागीता बारे जानकारी गराएको हो । प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन
आगामी ७ चैत्रमा हुनेछ । बानेश्वरस्थित होटल रानी महलमा आयोजना हुने अडिसनमा सहभागीताका लागि अनलाईन मार्फत र ग्ल्याम वल्र्ड
इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहल र आदिकारिक फेसबुक अकाउन्टबाट आवेदन फर्म भर्न सक्नेछन् ।

प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागीताका लागि आवेदन दिन सक्नेछन् । विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविस्य सुधार्ने उदेश्य रहेको प्रतियोगिता ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती
कार्कीले बताइन् । शीर्ष सहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्ने छन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यास्त कोरियोग्राफर हुन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेबसेन्स, पब्लिक स्पिकिब, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगीताको बिजेताले नेपालको प्रतिनिधित्व गर्दै । सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् ।

‘मिसेस नेपाल ग्ल्याम’को उपाधि यस अगाडि अलाइजा महर्जन, मिनु प्रधान लगायतले जितेका थिए । अलाइजाले ‘मिसेस इन्टरनेशनल २०१८’ प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्यु अल ब्यूटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्र्याएकी थिइन् । गत बर्ष कोरोना कारणले आयोजना यो प्रतियोगीता आयाेजना हुन सकेको थिए । यसबर्षबाट त्यसले फेरि निरन्तरता पाएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका