नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • यस्ता रोगीले अदुवा नखानुहोस् ‘बिष’ सरह हुन्छ

यस्ता रोगीले अदुवा नखानुहोस् ‘बिष’ सरह हुन्छ

  • Govinda Karki
  • बिहिबार, फाल्गुन २०, २०७७
यस्ता रोगीले अदुवा नखानुहोस् ‘बिष’ सरह हुन्छ

काठमाडौँ – अदुवा स्वदका लागी मात्र नभइ स्वास्थका लागी पनि अचुक औषधी हो । यसको प्रयोग तरकारी मा अनि चियामा र रुघा खोकी लागेको बेला तातो पानी मा पकाएर खान सकिन्छ । अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

तौल बढाउन चाहनेले पनि अदुवा खानुहुँदैन् । किनकि, यसले तौल कम गर्ने काम गर्छ । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् ।रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा सेबन गर्नुहुँदैन किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ । गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

थप ८७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३९ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक रहेको छ । नेपालमा आजसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ३८१ पुगेको छ । पछिल्लो समय थप ६२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ६०५ रहेको छ । निको हुनेदर भने ९८ दशमलव छ प्रतिशत रहेको छ ।

अहिले देशभर ७६६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २१ लाख ७३ हजार ५११ को पिसिआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण थप एकको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको मन्त्रालयले जानकारी गराइएको छ । योसँगै हालसम्मा दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पर्यटनमन्त्री र भारतका लागि नेपाली राजदूतबीच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेटगरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

उहाँले भौगोलिकरुपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्रीसमक्ष अनुरोध गर्नुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।

जवाफमा पर्यटनमन्त्री ढकालले कोभिडपछिको अवस्थामा भारतीय पर्यटकको आगमनलाई सहज तुल्याउन आफू गम्भीरतापूर्वक लागिपरेको बताउनुभयो । उहाँले विदेशी पर्यटकका निम्ति कायम गरिएको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाएर आगमनलाई सहज बनाउनेगरी मन्त्रालयले निर्णण गरि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा लगिसकेको बताउनुभएको थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका