नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

  • Govinda Karki
  • बुधबार, फाल्गुन १९, २०७७
अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

क्यानबेरा, १९ फागुनः अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय भएको मङ्गलबार जानकारी दिनुभयो ।

कोरोनाभाइरसको महामारीका कारण अष्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ । “अत्यावश्यक बाहेक अन्य आवतजावत तथा ओसारपसार बन्द गर्नु पर्ने बाध्यता अझै पनि कायमै छ,” मन्त्री हन्टले भन्नुभयो ।

अष्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

विषेश र अत्यावश्यक कारण बाहेकका अन्य कारणले अष्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ । अष्ट्रेलियामा मङ्गलबारसम्म २८ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ९०९ जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका