नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • प्रचण्ड, माधवकुमार र सभामुख सापकोटाले लगाए कोभिड–१९ खोप

प्रचण्ड, माधवकुमार र सभामुख सापकोटाले लगाए कोभिड–१९ खोप

  • Govinda Karki
  • बुधबार, फाल्गुन १९, २०७७
प्रचण्ड, माधवकुमार र सभामुख सापकोटाले लगाए कोभिड–१९ खोप

काठमाडौँ, १९ फागुनः सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाए । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उनले कोरोनाविरुद्धको पहिलो खोप लिएका हुन । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुगेर खोप लगाए ।

त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरे । प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका