नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

  • Govinda Karki
  • मङ्लबार, फाल्गुन १८, २०७७
पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक

चितवन, १८ फागुन: पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएको छ । गीतका रचनाकार घिमिरेका अनुसार एउटा प्रेमीकाले धोका दिएको प्रेमी फेरि अर्की प्रेमिकाले राखेको प्रेम प्रस्तावलाई अङ्गीकार गर्नुअघि कल्पना गरेका कुराहरूलाई गीतमा समेटिएको छ ।

विभिन्न पुस्तक प्रकाशन गरिसक्नुभएका घिमिरेले ‘उनले जस्तै..’ उत्कृष्ट गीत रचना गर्नुभएको छ । घिमिरेको ‘मेरो बैँशको क्यालेण्डर’ कविता सङ्ग्रह र ‘मौनता’ उपन्यास प्रकाशित भइसकेका छन् ।

‘सुनको टप’ नामक कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । सार्वजनिक गीतको भिडियो राज केसीको निर्देशन तथा रमेश थापाको सम्पादनमा तयार गरिएको घिमिरेले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका