नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी गजराज जोशीको मुर्ति तथा जीवनी पुस्तकको कार्य प्रारम्भ

प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी गजराज जोशीको मुर्ति तथा जीवनी पुस्तकको कार्य प्रारम्भ

  • Govinda Karki
  • आइतवार, फाल्गुन १६, २०७७
प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी गजराज जोशीको मुर्ति तथा जीवनी पुस्तकको कार्य प्रारम्भ

सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली) का प्रथम खेलाडी स्व. श्री गजराज जोशीको आज ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले अद्र्धकद मुति निर्माण, जीवनी पुस्तक लेखन/प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सुचिकृत गर्ने कार्यहरु गर्ने भएको छ ।

यस कार्यहरुका लागि संग्रहालयका सल्लाहकार, राखेप र एनओसीका पूर्व कोषाध्यक्ष तथा स्पोर्ट्स फर अल कमिशन (एनओसी) का अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा संग्रहालयका संस्थापक/अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व. जोशीका सुपुत्र मनिष जोशीबीच सहमति पत्रमा हस्ताक्षर भयो ।

स्व. गजराज जोशी वि.स. १९७९ गाइजात्राका दिन जन्म र २०६६ फागुन १६ गते निधन भएको थियो । उहांले आफनो जीवनकालमा खेलकुद, शिक्षा, राजनैतिक र सामाजिक क्षेत्रमा निकै योगदान दिनु भएको थियो ।

संग्रहालयमा स्व. जोशी मुर्ति र विशेष दिर्घा कक्ष आउंदो २०७८ साल असार ९ गते ओलम्पिक डे का दिन अनावरण तथा जीवनी पुस्तक बिमोचन गरिने छ ।

नेहा शाक्य

अफिस सेक्रेटरी

नेपाल ओलम्पिक संग्रहालय

हटलाइनः ९८५११७४८३२

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका