नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

  • Govinda Karki
  • आइतवार, फाल्गुन १६, २०७७
उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

कञ्चनपुर, १६ फागुन: लालझाडी गाउँपालिकाका व्यवसायिक रुपमा उखु खेती गर्ने किसानलाई आधुनिक कृषि यन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँमा आवद्ध किसानलाई कृषि यन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषि यन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार किसानलाई पावर टिलर, मिनि टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलव्ध गराइएको छ । यसका अतिरिक्त बीउविजन, बिषादी, रसायनिक मलसमेत किसानलाई उपलव्ध गराइएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका