तेह्रथुम १५ फागुनः तेह्रथुमको फेदाप गाउँपालिका २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी । आगलागीमा परी रु एक करोडभन्दा बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करिब ३ बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिनुभयो । तस्वीरः उमेश नेपाली/रासस
काभ्रे रेडियो–टिभी प्रसारक मञ्च गठन
काभ्रेपलाञ्चोक रेडियो–टेलिभिजन प्रसारक मञ्च गठन गरिएको छ । मञ्चको आज वाग्मती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले आज एक कार्यक्रमबीच औपचारिक शुभारम्भ गर्नुभयो । मञ्च शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले सञ्चारमाध्यम र सञ्चारकर्मीले आफूलाई समयानुकूल गुणस्तरमा परिमार्जन गर्न सके मात्रै स्थापित हुने दाबी गर्नुभयो ।
“रोबोटले समाचार वाचन गर्ने प्रविधिको विकास हुन धेरै टाढाको समय छैन, सञ्चार जगत्ले समय र प्रविधिअनुकूल परिमार्जन नभए स्थापित हुन निकै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । उहाँले रजिष्ट्रार कार्यालयले प्रदेश सरकारबाट सञ्चारमाध्यमलाई सहयोग गर्ने कार्यविधि तयार गरिसकेको उल्लेख गर्दै वाग्मती प्रदेशभित्र हाल २०० रेडियो र ४० टेलिभिजन सञ्चालनमा आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पत्रकार महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका अध्यक्ष शङ्कर अधिकारी, पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्ष मोतीराम तिमल्सिना तथा पूर्व जिल्लाध्यक्ष भोला थापा, महोश पौडेल र नारायण सापकोटालगायतले मञ्चप्रति शुभकामना व्यक्त गर्नुभयो ।
रेडियोकर्मी सचित खड्काको अध्यक्षतामा गठित मञ्चको उपाध्यक्षमा रमेश न्यौपाने, महासचिव रामकृष्ण बञ्जारा, सचिव राजन दाहाल, कोषाध्यक्ष सम्झना हुमागाईँ तथा सदस्यमा कर्मा लामा, चन्द्रबहादुर लामा, समीर भण्डारी, राधिका कँडेल र महेश थिङ हुनुहुन्छ । मञ्चमा हाल काभ्रेपलाञ्चोकको आठ रेडियो र एक टेलिभिजनआबद्ध रहेका छन् ।