नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • लोहोवीर नदी नियन्त्रणको मापदण्ड जाँच गर्दै इन्जिनियर

लोहोवीर नदी नियन्त्रणको मापदण्ड जाँच गर्दै इन्जिनियर

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन १४, २०७७
लोहोवीर नदी नियन्त्रणको मापदण्ड जाँच गर्दै इन्जिनियर

जाजरकोट, १४ फागुनः जाजरकोटको नलगाड नगरपालिका–८,लोहोवीर नदी नियन्त्रण योजनाको मापदण्ड जाँच गर्दै इन्जिनियर । नदी नियन्त्रण योजना खानेपानी तथा ऊर्जा विकास कार्यालय जाजरकोटको रु १० लाखको लागतमा निर्माण भएपछि भेरी नदीले यहाँ कटान हुने सयौँ रोपनी जमिन जोगिने छ । तस्बिरः हेमन्त केसी/रासस

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ । चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ ।

विश्वभर फैलिएको कोभिड­ १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालु आर्थिक वर्षको दुई हजार ५५१ गरेर कूल चार हजार २३३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको छ । उहाँले धेरै मुद्दाको चाप भए पनि जनशक्ति अभावका कारण लक्ष्यको तुलनामा मुद्दा फछ्र्योट हुन नसकेको बताउनुभयो ।

रजिष्ट्रार अधिकारीले गरिब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निःशुल्क कानून व्यवसायी उपलब्ध गराएको जानकारी दिनुभयो । उच्च अदालतमा अहिले ५६ जना जनशक्ति कार्यरत छन् भने ९६ जनाको दरबन्दी रहेको उहाँको भनाइ छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका