नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कलाकार अनुमती नेपालीलाई कोरोना लागेपछि

कलाकार अनुमती नेपालीलाई कोरोना लागेपछि

  • Govinda Karki
  • शुक्रबार, फाल्गुन १४, २०७७
कलाकार अनुमती नेपालीलाई कोरोना लागेपछि

काठमाण्डौँ । सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिईएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन् ।

कोरोना भाईरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरा सँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाईएको छ । गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ। भिडियो धादिङको विभिन्न स्थानमा छाँयाकन गरिएको छ ।

गीतको भिडियोमा उदयराज शर्माको छायाँकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् । रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सँगित र सँगित सँयोजन रहेको छ ।

भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ । भिडियो सिने सँगालो नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो । भिडियो हेर्नुहोस्…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका