नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७

हालको खबर

  • होमपेज
  • इटलीका राजदूतको कङगोमा हत्या

इटलीका राजदूतको कङगोमा हत्या

  • Govinda Karki
  • सोमवार, फाल्गुन १०, २०७७
इटलीका राजदूतको कङगोमा हत्या

नैरोवी, १० फागुनः कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उहाँको हत्या भएको हो ।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उहाँका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ । सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ । (सिन्ह्वा)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका