नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनयमा “पिरती छ धेरै”

बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनयमा “पिरती छ धेरै”

  • Govinda Karki
  • शनिबार, फाल्गुन ८, २०७७
बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनयमा “पिरती छ धेरै”

काठमाण्डौ फाल्गुन ०८ । जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ, त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका ब्यवहार पनि आवस्यक हुने गर्दछ । यस्तै भावमा भर्खरै मात्र प्रदिप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति “पिरति छ धेरै” बोलको गीत सार्बजनिक भएको छ ।

धादिंग जिल्लामा जन्मिएर हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका प्रदिपले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनि पहिलेका आफ्ना प्रस्तुतिलाई झै यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा बिस्वस्थ रहेका छन् ।

“पिरति छ धेरै” बोलको गितमा सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रदिप अधिकारिको लय र रमेश बि.जि को शब्द द्वारा सजिएको यस गितको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । नेपालि गीत संगितको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दिपेन्द्र सफल मानिन्छन् ।

यस गितको म्युजिक भिडियोमा बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायंकन, नवराज उप्रेति लगाएतले गरेका हुन् भने सम्पादन मनोज कार्किको रहेको छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका