नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

  • Govinda Karki
  • मङ्लबार, फाल्गुन ४, २०७७
टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

टोकियो, ४ फागुनः टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो ।

मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उहाँले गत हप्ता राजिनामा दिनुभएको थियो ।

खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, “नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको र खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान् तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुने छ ।” (रासस/सिन्ह्वा)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका