नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • बागलुङमा घट्यो नसोचेको घटना, एकको हत्या, पाँच घाइते

बागलुङमा घट्यो नसोचेको घटना, एकको हत्या, पाँच घाइते

  • Govinda Karki
  • मङ्लबार, फाल्गुन ४, २०७७
बागलुङमा घट्यो नसोचेको घटना, एकको हत्या, पाँच घाइते

गलकोट, ४ फागुन: बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मा-नसिक स-न्तुलन ठिक नभएका एक व्यक्तिले को-लादो प्र-हार गरी स्थानीय एक जनाको ह-त्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले को-दालो प्र-हार गर्दा ग-म्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । को-दालो प्र-हारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।

को-दालो प्र-हार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका