नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • निशाको निनिज् बुटिक’मा विष्णुको कैँची 

निशाको निनिज् बुटिक’मा विष्णुको कैँची 

  • Govinda Karki
  • आइतवार, फाल्गुन २, २०७७
निशाको निनिज् बुटिक’मा विष्णुको कैँची 

काठमाडौं, २ फागुन । फेसन पारखीका लागि खुसीको खबर । फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा नयाँ बुटिक सञ्चालनमा ल्याएकी छन् । जसले फेसन पारखीहरुको चाहना पूरा गर्नेछ । गणेशस्थान नजिकै सञ्चालनमा ल्याएको ‘निनिज् बुटिक’ को शनिबार एक समारोहबीच नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोबले उद्घाटन गरेकी छन् । प्रणय दिवश अर्थात भ्यालेन्टाइन–डे’को एक दिनअगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रु चिअनुसार पहिरन तयार गर्ने लक्ष्य डिजाइनर निशाले लिएकी छन् ।

फेसन डिजाइनरप्रति पहिलेबाटै रुचि थियो’ डिजाइनर तथा बुटिककी सञ्चालक निशाले भनिन्, तर, डिजाइनिबमा अलिक दक्ष भएरमात्रै खोलौँ भनेर बसेकी थिएँ । त्यसैले कोर्ष पूरा गरेर बुटिक सञ्चालनमा ल्याएकी हुँ ।’ बागबजारस्थित आईआईएफटी स्कूल अफ फेसन’मा फेसन डिजाइनिबमा डिप्लोमा कोर्ष पूरा गरेपछि निशाले । निनिज् बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरेर बुटिक सञ्चालन गर्ने निशा पछिल्लो डिजाइनर हुन् । यसअघि आईआईएफटीका दर्जन बढी विद्यार्थीले बुटिक सञ्चालनमा ल्याएका छन् ।

फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । नेवारी भाषामा निनिज्को अर्थ पूपु हुन्छ’ उनले भनिन्, नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज् राखेकी हुँ ।’ उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गनेर् बताइन् । निनिज्ले पनि अरु बुटिकहरुजस्तै गाउन, सारी, लेहेँगालगायत क्याजुअल परिहनलाई नै प्राथमकिता दिने उनको भनाइ छ । बुटिकले सर्वसुलभ मूल्यमा गुणास्तरिय पहिरन उपलब्ध गराउने निशाले बताइन् । बुटिक उद्घाटन गरेपछि अभिनेत्री तथा गायिका विष्णुले भनिन्, यसरी बुटिकहरु खुल्दा खुसी लाग्छ ।’

आफू त्यतिधेरै फेसन कन्सस नभएपनि राम्रो लगाउन भनेपछि हुरुक्कै हुने विष्णुले सुनाइन् । निनिज बुटिकले नै तयार गरेको आफ्नो फेभरेट कलरको गाउनमा उपस्थित भएकी विष्णुले भनिन्, म फेसनसम्बन्धी अलि फरक छु । मान्छेहरु फेसन भनेपछि ट्रेण्डलाई फलो गर्छन् । तर, म त्यो पक्षमा छैन ।’ ब्ल्याक एण्ड ह्वाइट’ आफ्नो फेभराइट भएको भन्दै विष्णुले भनिन्, । हेर्दा नराम्रो देखिएपनि लगाएपछि सुहाउँछ भने मलाई मनपर्छ ।’ यसैबीच विष्णुले आफ्नो पेसाबारे भनिन्, । कोरोना संक्रमणका कारण सबै काम रोकिएको थियो । अब बल्ल नयाँ कामहरु सुरु गर्दैछु ।’

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका