नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • एक सानो भ्यान ट्रकसँग ठोक्किँदा चौंधको मृत्यु

एक सानो भ्यान ट्रकसँग ठोक्किँदा चौंधको मृत्यु

  • Govinda Karki
  • आइतवार, फाल्गुन २, २०७७
एक सानो भ्यान ट्रकसँग ठोक्किँदा चौंधको मृत्यु

नयाँ दिल्ली, २ फागुनः भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।

एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ । -सिन्ह्वा

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका