नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • बिहान उठ्न गाह्रो हुन्छ ? सावधान रहनुस यी रोग लागेको हुन सक्छ

बिहान उठ्न गाह्रो हुन्छ ? सावधान रहनुस यी रोग लागेको हुन सक्छ

  • Govinda Karki
  • आइतवार, फाल्गुन २, २०७७
बिहान उठ्न गाह्रो हुन्छ ? सावधान रहनुस यी रोग लागेको हुन सक्छ

काठमाडौँ । के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ?

१. यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी नि’रास हुन्छ । यस्ता खालका व्यक्तिमा आ’त्माह’त्याको सम्भावना बढी देखिएको हुन्छ ।

२. जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सि’कार हुन्छन् ।

३. ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी रोगहरु लाग्न सक्छ ।

४. राती सुत्दा घुर्ने , सुतेको बेला स्वास रोकिने हुन्छ भने तपाईलाई स्लीप एपिनिया रोग लागेको हुन सक्छ । यस्ता व्यक्ति विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगे जस्तो देखिने हुन्छन् ।

५. बिहान ढिलो सम्म सुत्ने मानिसमा अल्छीपना बढी गर्छ । त्यस्ता मानिसलाई धरै रिस उठ्ने समस्या हुने गर्छ ।

यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।

मालपोत कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सचिवको सुझाव

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गर्नुभयो ।

“आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन”, कर्मचारीप्रति व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला ।” हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड–१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासि खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताउनुभयो । यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “मैले नजिक नियालेँ, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो । शुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ ।” हरेकलाई सावधानी अपनाएर काम गर्न उहाँले सचेत गराउनुभयो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका