नेपाली खोज
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • शहीद झाका श्रीमतीलाई सम्मान

शहीद झाका श्रीमतीलाई सम्मान

  • Govinda Karki
  • शनिबार, फाल्गुन १, २०७७
शहीद झाका श्रीमतीलाई सम्मान

जनकपुरधाम, १ फागुनः प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाका श्रीमती काशीदेवीलाई नेपाली कांगे्रस तरुण विभाग प्रदेश नं २ द्वारा सम्मान गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाको पैतृक गाउँ जटहीमा उहाँलाई सम्मानका साथै शहीद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन न्यौछावर गर्ने अमर शहीद झाप्रति श्रद्धासुमन अर्पण र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख छ ।

सो अवसरमा विभागका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का संयोजक रामपल्टन साह, कांग्रेस धनुषा कार्य समिति सदस्य प्रवेश चौधरीले शहीद झाको नेपालमा गणतान्त्रिक शासन पद्धतिको स्थापनाको सङ्कल्प, योगदान र राजा महेन्द्रमाथि बम प्रहार प्रसङ्गको चर्चा गर्नुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका