नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • सुदिपले गरे समिक्षालाई मायाको इशारा

सुदिपले गरे समिक्षालाई मायाको इशारा

  • Govinda Karki
  • शनिबार, फाल्गुन १, २०७७
सुदिपले गरे समिक्षालाई मायाको इशारा

पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गित निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह-निर्देशक सुदिप कुवरको नयाँ गीत “मायाले इशारा” बोलको गीत सार्वजनिक गरेका छन । आफ्नै शब्द संगीत रहेको गितमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गित दर्शक सामु लिएर उपस्थित भएका छन् ।

चलचित्र क्षेत्रमा सह-निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को उत्कृष्ट गितमा उनी आफैले निर्देशक गर्दै आएका छन भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् भने भिडियोमा ओवि रायमाझी अंजली अधिकारी स्वम आफू सुदिप कुवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सक्नुन्छ ।

मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुवरको अफिसियल युटुब च्यानल SUDIP KUNWAR बाट सार्वजनिक गरिएका छन । गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ । यसभन्दा अगाडिको गित मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। यश गितले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने छ।

 

स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।

स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका