नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • भागरथीको न्यायको माग गर्दै थाल ठटाउँदै

भागरथीको न्यायको माग गर्दै थाल ठटाउँदै

  • Govinda Karki
  • शनिबार, फाल्गुन १, २०७७
भागरथीको न्यायको माग गर्दै थाल ठटाउँदै

बैतडी, १ फागुनः बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया भागरथी भट्टको न्यायका लागि शक्रबार जिल्ला प्रशासन अगाडि थाल ठटाउँदै गरेका स्थानीय बासिन्दा । माघ २२ गते हत्या गरिएको अवस्थामा भेटिएकी भट्टको हालसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन् । तस्वीरः विनोद सिंह विष्ट, रासस

तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चमा पुनः गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको आज सम्पन्न भेलाले केदार गौतमको तेतृत्वमा ५१ सदस्यीय कार्यसमिति पुनःगठन गरेको छ । भेलाले उपाध्यक्षमा छवि सुवेदी, सचिवमा विष्णु खनाल, सहसचिवमा मात्रिका घिमिरे र कोषाध्यक्षमा गंगा तुम्बाहाङ्फेलाई चयन गरेको छ । भेलाले आगामी फागुन ८ गते विराटनगरमा हुने नेकपाको बृहत् जनसभामा सहभागिता जनाउने निर्णय गरेको छ ।

भेलामा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं. १ सम्पर्क मञ्चका अध्यक्ष इन्द्र भण्डारीले सरकार र पार्टीलाई गतिशील हुनबाट रोक्न खोज्नेहरुले पार्टी विभाजन गर्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं साँस्कृतिक संस्थानका अध्यक्ष प्रेम अधिकारी, मञ्चका पूर्व अध्यक्षहरु राजेशकुमार लिम्बू, वीरबहादुर थापालगायतले शुभकामना दिनुभएको थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका