नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • जसपाका नेता हवारी नेकपामा प्रवेश

जसपाका नेता हवारी नेकपामा प्रवेश

जसपाका नेता हवारी नेकपामा प्रवेश

काठमाडौँ, ३० माघः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जनता समाजवादी पार्टी (जसपा)का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा प्रवेश गराउनु भएको हो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढङगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिनुभएको थियो ।

वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ता पनि पार्टी प्रवेशका क्रममा रहनुभएको जानकारी कार्यक्रममा दिइएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका