नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • एउटी युवतीका २ जना श्रीमानको जम्काभेटमा पर्यो चर्काचर्की, अरु संग भागेकी श्रीमती फेरी ल्याउनुको यस्तो कारण रहेछ (भिडियो सहित)

एउटी युवतीका २ जना श्रीमानको जम्काभेटमा पर्यो चर्काचर्की, अरु संग भागेकी श्रीमती फेरी ल्याउनुको यस्तो कारण रहेछ (भिडियो सहित)

एउटी युवतीका २ जना श्रीमानको जम्काभेटमा पर्यो चर्काचर्की, अरु संग भागेकी श्रीमती फेरी ल्याउनुको यस्तो कारण रहेछ (भिडियो सहित)

झापा । बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौतारिएका छन् ।दुबईमा रहँदा सामाजिक सञ्जामा चिनजान भएर विवाह गरेका हिमाल यतिबेला न्याय खोजिरहेका हुन् ।

श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो । र, दुबईबाट फर्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेपछि यतिबेला न्याय खोज्दै भौतारिरहेका छन् ।

लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्पर्क टुटेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पीडा सुनेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आग्रह गरेका छन् ।

उनले प्रहरी कार्यालयमा उजुरी दिँदा पनि चासो नदिएको उनले गुनासो गरे । यसैसाता श्रीमति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै धम्की दिएको उनले बताए ।हिमालकी दिदी निता राईले भाई सोझो भएकाले विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फरार भएको बताइन् । अहिले श्रीमती खोज्दै उनि उनको घर पुगेका छन् ।

जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान
संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गर्नुभएको छ । नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उहाँहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताउनुभयो ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “‘म चाहान्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस् ।” हरेक मानिसले दीर्घ जीवन पाउन पीर, चिन्ता, शोकरहित भएर सधै आ–आफ्ना कर्ममा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्ययन गरी पाएको उपलब्धीलाई मुलुकवासीले पक्कै मनन् गरी अघि बढ्ने विश्वास लिइएको भनाइ राख्नुभयो ।
प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जोशीमा महानता, सरलता र दुरदर्शी भावना रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उहाँहरुका छोरा अनुराज जोशीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ ।”

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका