नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • डाक्टरले पनि अब बाँच्दिनन् भनेर बैतर्नी र गाइदान समेत गरेकी अनिता खड्का बोल्न थालेपछि परिवारमा छायो खुशी

डाक्टरले पनि अब बाँच्दिनन् भनेर बैतर्नी र गाइदान समेत गरेकी अनिता खड्का बोल्न थालेपछि परिवारमा छायो खुशी

डाक्टरले पनि अब बाँच्दिनन् भनेर बैतर्नी र गाइदान समेत गरेकी अनिता खड्का बोल्न थालेपछि परिवारमा छायो खुशी

काठमाडौ- लामो समय देखि अस्वस्थ्य भएकी अनिता अहिले बोल्न थालेपछि पति विनोदको परिवारमा अहिले खुशीको कुनै सीमा छैन् । धेरै वर्ष काठमाडौको वीर अस्पतालमा उपचार गराइएकी अनितालाई अहिले घर लगिएको छ । उनको स्वास्थमा क्रमश सुभार हुँदै गएको छ । उनलाई उपचारमा सहयोग गर्न भन्दै देश विदेशवाट निकै सहयोग आयो ।

लामो समय सम्म उपचार गर्नुपर्ने भएकाले ठूलो रकमको आवश्यकता पर्ने भएकाले सहयोग उठाइएको थियो । अनिताको घाँटीको श’ल्यकृ’ या गर्नुपर्ने चिकित्सकले बताएका छन् । घाँटीको श’ल्य’कृ’या गर्नका लागि उनको चेतनामा परिवर्तन भएपछि मात्र सम्भव हुने भनेपछि उनीहरुले अनितालाई घर लिएर आएका हुन् ।

अचानक दुई वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि उपचारका लगाी अनिता अस्पताल गएकी थिइन् । डाक्टरले अनितालाई ब्रेन ह्याम्रेज भएको छ भनेपछि परिवारले बाच्ने आशा मारेका भएको बताएका थिए । अनिताको बैतर्नी पनि गरेको र गाइदान समेत गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

उनलाई अब फर्काउन सकिदैन भन्दै गाइ दान गरेपछि एक पटक अस्पताल लैजाउँ न त भनेर अस्पताल लगेपछि उनको उपचार संलग्न चिकित्सकले अनिताको बाँच्ने चान्स २० प्रतिशत मात्र भएको बताएका थिए । अहिले सबैको सहयोग, डाक्टरको प्रयास र श्रीमानको विश्वासले अनिताको अवस्थामा धेरै सुधार आएको छ । अहिले पनि उनलाई परिवारको सहयोग चाहिन्छ । उनमा क्रमश सुधार हुँदै गएपछि श्रीमा विनोद अत्यन्तै खुशी छन् ।

बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग

हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गर्नुभएको छ । यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार बानियाँले आज सहयोग गर्नुभएको हो । पत्रकार बानियाँ हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न संचालक हुनुहुन्छ ।

माघ २५ गते राष्ट्रिय समाचार समितिद्वारा ‘घरखर्च चलाउन दाउरा बेच्दै’ शीर्षक समाचार र तस्वीर प्रकाशन भएपछि पत्रकार बानियाँले ती बालबालिकाको दुःख देखेर रु ३० हजार रासस समाचारदाता दाने बोहरालाई पठाउनुभएको थियो । सो रकमबाट १, ३, ४ र ५ कक्षामा अध्ययनरत बालबालिकालाई एक वर्षका लागि पुग्ने १४ प्रकारका शैक्षिक सामग्री किनेर हस्तान्तरण गरिएको हो । बालबालिकालाई कापी, कलम, ज्यामिति बक्स, क्याल्कुलेटर, रङ, डटपेन, सिसाकलम, सामान्यज्ञानको पुस्तक, खेल सामग्री, झोला, जुत्ता, विद्यालय पोशाकलगायत सामान दिइएको हो ।

हुम्ला उच्च हिमाली भएकाले त्यो दिन हिउँ बाक्लो परे पनि ती बालबालिकाले आफ्नो खर्च चलाउनका लागि दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका थिए । ती बालबालिकाका साथै वडा नं ७ डाँडाफया गाउँका प्रायः सबै बालबालिका आफ्नो खर्च चलाउनका लागि सार्वजनिक बिदाको दिन र शनिबार दाउराको भारी बोकेर सिमकोट आउने गरेका छन् ।

गाउँबाट सदरमुकाम सिमकोट पुगेका बालबालिकाले एक भारी दाउराको रु पाँच सयदेखि रु एक हजारसम्ममा बिक्री गरेर बेलुका घर फिर्ता हुने गर्छन् । आफ्ना बालबालिकालाई शैक्षिक सामग्रीदेखि अन्य सहयोग गरेकामा अभिभावक पिउली सुनारले धन्यवाद दिनुभयो । सामग्री पाउँदा बालबालिकाले खुशी भई पत्रकार बानियाँलाई धन्यवादसमेत दिएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका