नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्री कदमको समर्थन गर्ने: नेता बस्नेत

राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्री कदमको समर्थन गर्ने: नेता बस्नेत

राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्री कदमको समर्थन गर्ने: नेता बस्नेत

रुपन्देही, २९ माघः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्रीको कदमको समर्थन गरेको बताउनुभएको छ ।

फागुन १ गते बुटवलमा आयोजना गरिएको जनसभाको प्रचारका लागि आज बुटवलमा आयोजित र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड–माधव समूहले देशलाई विखण्डको दिशातर्फ लैजाने प्रयत्न गरेका कारण युवाले साथ दिन नसकेको उल्लेख गर्नुभयो ।

“प्रधामन्त्रीको लोकप्रियताले नै आज युवाले वी लभ यु केपी ओली भन्दै हिँडेका छन् । यो सुनेर प्रचण्ड–माधव समूह झनै आत्तिएका छन्”, उहाँले भन्नुभयो । युवा जहिले पनि विकास र समृद्धिको पक्षमा रहेको बताउँदै उहाँले प्रधानमन्त्री ओलीले मात्रै यो अभिभारा पूरा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले देशका हरेक राजनीतिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै अबको राजनीतिक निकासका लागि पनि युवाको सक्रियता आवश्यक रहेको बताउनुभयो । युवा नेता गोपाल रानाले नयाँ सन्देश प्रवाह गर्ने भएकाले बुटवलको जनसभा विशेष हुने बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका