नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

एथेन्स । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गर्नुभएको छ । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उहाँले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गर्नुभएको हो ।

ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए । लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन् ।

त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत धेरै बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो । लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका