नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • चलचित्र “A” को अडिसन फागुन २ मा नयाँ कलाकार लाई स्वागत

चलचित्र “A” को अडिसन फागुन २ मा नयाँ कलाकार लाई स्वागत

चलचित्र “A” को अडिसन फागुन २ मा नयाँ कलाकार लाई स्वागत

निर्देशक भोमन कटुवालको निर्देशनमा बन्न लागेको चलचित्र “A” को लागि कलाकारको खोजी गरिने भएको छ । यस चलचित्रको लागी चालचित्र चौतारीले अडिसनको जिम्मा लिएको छ । यहि फागुन २ गते चलचित्र विकास कम्पनी लि ।

बनस्थलीमा चलचित्र “ए” को अडिसनमा चलचित्रमा आफ्नो अभिनय देखाउन चाहनेले आबेदन दिन सक्ने अडिसनको जिम्मा लिएको चलचित्र चौतारीले जानकारी दिएको छ । चलचित्रका लागि चार जना चरित्र अभिनेता र दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने बताइएको छ ।

भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको यस चलचित्रमा प्रल्हाद काफ्लेको लगानी रहको छ ।
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको यस चलचित्रमा कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सि ।

एम भारद्वाज र बिकेश प्रजापति भने फाईनल भैसकेका छन । काठमाण्डौ र बनेपा आसपास छायांकन गरिने यस चलचित्रको प्राबिधिक पाटो तर्फको जानकारी र छायांकन मिति भने अडिसन पश्चात औपचारिक जनाकारी दिने बताए निर्देशल भोमन कटुवालले ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका