काठमाडौं- हालै अभिनेत्री श्वेता खड्का र सुष्मा कार्कीको विषयले नेपाली सिने नगर खुबै गर्माएको छ । अभिनेत्री सुष्मा कार्की यहि कारण झनै चर्चामा आएकी छन् ।
श्वेता खड्काकी बहिनी आरती र युट्युबर उत्सव रसाइलीविरुद्ध आफूमाथि दु; र्व्यवहार भएको भन्दै उजुरी हालेकी उनी अन्तरवार्तामा दिएका अभिव्यक्तिका कारण ट्रोलको सिकार बनेकी छन् ।
उक्त विवाद टुंगिसकेको छ। तर नेपाली टेलिभिजन कार्यक्रम ‘रजतपट अंकल’मा अन्तर्वार्ताका क्रममा सुष्माले श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको विवा दस्पद भनाइ राखे पछि उनको चर्को आलोचना भएको छ ।
वास्तममा सुस्मा ३५ वर्षकी भइन् भने स्वेता ३२ वर्षकी भइन् । आफूभन्दा ३ वर्ष कान्छीलाई आन्टी र दिदी भनेपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।