नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • मधुमेह नियन्त्रण गर्ने देखी लिएर तौल घटाउने सम्म, यि हुन काँचो केराका अचुक फाइदाहरु

मधुमेह नियन्त्रण गर्ने देखी लिएर तौल घटाउने सम्म, यि हुन काँचो केराका अचुक फाइदाहरु

मधुमेह नियन्त्रण गर्ने देखी लिएर तौल घटाउने सम्म, यि हुन काँचो केराका अचुक फाइदाहरु

एजेन्सी । केरा निकै स्वादिलो र अरु फल भन्दा सस्तो हुने भएकाले पनि प्राय मानिसले यसलाई रुचाउने गर्छन् । तर धेरैलाई काँचो केराको बारेमा थाहा नहुन सक्छ । स्वादमा मिठो नभएपनि यसको सेबनले स्वास्थमा अचुक फाइदा पुर्याउछ । काँचो केरालाई हामी तरकारीको रुपमा प्रयोग गर्ने गर्छौं । काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केरा जतिको मिठो हुँदैन ।

यसको सबेन नियमित गरेमा मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो पनाबाट छुट्कारा पाउन सकिन्छ । त्यसैगरी कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गरेमा पचाँउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ ।

यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ । शरीरका लागि पोटासियम निकै आवश्यक छ । तर, पोटासियम सबै खानामा पाइदैन । यही कारण शरीरमा प्रायः पोटासियमको कमी भइरहन्छ । पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु ।

काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।

भने मधुमेहका बिरामीलाई पनि यसले फाइदा पुर्याउछ । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका