नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • ११ बर्षकी दोस्रो बिष्णु माझी भेटीइन, यस्तो जादुमय स्वरले दुनियाँ चकित पारिन (हेर्नुस भिडियो)

११ बर्षकी दोस्रो बिष्णु माझी भेटीइन, यस्तो जादुमय स्वरले दुनियाँ चकित पारिन (हेर्नुस भिडियो)

११ बर्षकी दोस्रो बिष्णु माझी भेटीइन, यस्तो जादुमय स्वरले दुनियाँ चकित पारिन (हेर्नुस भिडियो)

काठमाडौं- लोक गीतमा एकछत्र राज गर्ने गायीका हुन् विष्णु माझी । यद्धपी दशकौं देखि उनलाई प्रत्यक्ष रुपमा देख्नेहरु भने निकै कम छन् । उनको श्वरको जादु सबै नेपालीलाई मोहित बनाउने खालको छ । जब कुनै समुदायमा राम्रो श्वर भएकी महिला वा युवती सार्वजनिक हुन्छन् ति सबैलाई विष्णु माझीसंग तुलना गर्ने गरिन्छ ।

११ वर्षकै उमेरमा आफ्नो श्वरको जादुले मोहित बनाउने एक बालिका अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छन् । उनलाई पनि विष्णु माझीसंग तुलना गरिएको छ । छोरीले निकै राम्रो गीत गाउने भएपछि रुकुम पश्चिमकी सुनिता केसी छोरीलाई लिएर काठमाडौ आएकी छन् । ति बालिकाको नाम नविना केसी हो । उनले सामाजिक सञ्जालमा निकै मोहित पार्ने गीत गाएर चर्चामा आएकी हुन् ।

छोरीको यस्तो प्रतिभालाई सबैका माझ ल्याउन उनले छोरीलाई काठमाडौं ल्याएको बताएकी छन् । उनले मोवाइलमा हेरेर गीत सिकेको बताउँछिन् । कक्षा ७ मा पढ्ने नविना पढाइमा पनि उत्तिकै राम्रो छन् । उनी निकै सानो उमेर देखि नै गाउँमा दोहोरी गाउने गरेको उनको आमाले पनि बताएकी छन् ।

चार पाँच वर्ष देखि नै गाउँमा दोहोरी गाउँथी, पहिला त पढाईलाई ध्यान दे गीत नगा भन्थे तर अहिले सामाजिक सञ्जालमा उ जस्तै बालिकाहरु भाइरल भएको देखेपछि छोरीलाई लिएर काठमाडौ आए आमाले भनिन् । उनलाई राजु परिवार, कृष्ण कँडेल, छत्र शाही लगायतका कलाकारसंग दोहोरी गाउन मन लागेको छ । त्यसैको लागि आफु काठमाडौ आएको बताइन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका