नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • कुपण्डोलमा खुल्यो रानी बुटिक (फोटोफिचर)

कुपण्डोलमा खुल्यो रानी बुटिक (फोटोफिचर)

कुपण्डोलमा खुल्यो रानी बुटिक (फोटोफिचर)

फेसन पारखीहरुका लागि नयाँ बुटिक थपिएको छ । फेसन डिजाइनर प्रविना केसीले ललितपुरको कुपण्डोलमा । रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । उक्त बुटिकको शनिबार एक औपचारिक समारोहबीच नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राई उद्घाटन
गरेकी छन् । मलाई यो बुटिक निकै राम्रो लाग्यो’ उद्घाटनपछि मेलिनाले भनिन्, अबदेखि म पनि यही बुटिकमा आउँछु ।’

उनले आफू खाशै फेसन कन्सस नभएपनि पार्टी तथा कार्यक्रममा जाँदा बुटिकमा तयार गरिएको ड्रेस पहिरिने गरेको सुनाइन् । कोरियन फेसकी यी सुन्दर गायिका रानी बुटिकले तयार परेको रिल्भर कलरको गाउनमा चिटिक्क खुलेकी थिइन् । उनकै लागि नगरिएको भएपनि रिल्भर गाउनमा गायिका मेलिना खुलेकी थिइन् । उनले भनिन्, मलाई यो गाउनले पनि सुहाएको छ है ।’

बुटिक सञ्चालनमा ल्याएको उनले डिजाइनर तथा रानी बुटिककी सञ्चालक प्रविनालाई बधाई दिइन् । फेसन डिजाइनर प्रविना बागबजारस्थित आईआईएफटी (फेसन अफ स्कुल’की विद्यार्थी हुन् । आईआईएफटीका फेसन कोर्ष सकेपछि आफूले बुटिक सञ्चालनमा ल्याएको बताइन् ।

बुटिक उद्घाटन समारोहमा आईआईएफटीका निर्देशक तेन्जिब शेर्पा, कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठलगायतको उपस्थिति थियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका