नेपाली खोज
शनिबार, बैशाख ४, २०७८

फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

काठमाडौँ, २६ माघः स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५० मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका