नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • ‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक

‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक

‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक

काठमाडौं । विकास लामिछाने र अप्सरा तिमिल्सिनाको अभिनय रहेको ‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार सुवासचन्द्र ढुंगेलको शब्द, प्रविण बेडवालको स्वर र हरि लम्सालको संगीत छ ।

सरोज प्रधानको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो शनिबार युट्युब मार्फत सार्वजनिक भएको हो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा वियोगको कथा समेटिएको छ । गीतको म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन, समरा जोशीको मेकअप र रुपेश खड्काको सम्पादन देख्न सकिन्छ। गीतलाई महेश भट्टराईले निर्माण गरेका हुन्।

राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी
राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो । चन्द्रपुरका लागि निर्णायक गोल रजनी थोकरले गर्नुभएको हो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा ७०औँ मिनेटमा थोकरले चन्द्रपुरका लागि गोल गर्नुभएको हो । जीतसँगै चन्द्रपुरले सात खेलमा ६ अङ्क बनाएको छ । विराटनगरको सात खेलमा १० अङ्क छ ।

लिगको आज सम्पन्न दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङ नगरपालिकाले पुलिस क्लबलाई १–० गोलले हराएको हो । वालिङका लागि मेथो रुथले निर्णायक गोल गर्नुभएको हो । मध्यान्तरअघिको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५८औँ मिनेटमा क्यामरुनका खेलाडी रुथले वालिङका लागि एकमात्र निर्णायक गोल गर्नुभएको हो ।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपिएफ र चौदण्डीगढी नगरपालिकाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका