नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • एकैसाथ दुई बालिकालाई जबर्ज-स्ती गरेको आरोपमा ४७ वर्षीय राउत पक्राउ

एकैसाथ दुई बालिकालाई जबर्ज-स्ती गरेको आरोपमा ४७ वर्षीय राउत पक्राउ

एकैसाथ दुई बालिकालाई जबर्ज-स्ती गरेको आरोपमा ४७ वर्षीय राउत पक्राउ

जलेश्वर, २५ माघ: महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्ज-स्ती क-रणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।

पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।

बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १०ः०० बजे पक्राउ गरी ल्याएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका