नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु

कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु

कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु

ढाका, २५ माघः बंगलादेशले गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप शुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप शुरु भएको बताइएको छ ।

बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट भिडियो कन्फरेन्सिङगका माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्दै विशाल खोप अभियानको उदघाटन गर्नुभएको हो । यस खोप अभियानको राजधानी ढाकामा दर्जनौंसहित देशभरका १ हजार १५ स्वास्थ्य केन्द्रको बन्दोबस्त गरिएको जनाइएको छ ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले २८ जनवरीमा ढाकामा परीक्षणस्वरुप यो खोप दिइएको र आइतबारदेखि यस खोप अभियान शुरु भएको हो । यस परीक्षणमा देशका ५२९ जना स्वास्थ्यकर्मीले खोप लिएका थिए ।

प्रधानमन्त्री शेख हसिनाले संसदमा गर्नुभएको सम्बोधनमा सरकारले प्राथमिकताका आधारमा १ करोड ६९ लाखलाई खोप दिन पर्याप्त व्यवस्था गरेको बताइएको छ ।

बंगलादेशलाई जनवरी २१ मा अक्सफोर्ड र एस्ट्राजेनेकाबाट निर्मित २० लाख खोपको भारतले उपहार दिएको थियो । बगलादेशले भारतको सेरम संस्थानबाट खोपको ५० लाख डोज किनेको छ । उक्त खोप जनवरी २५ मा नै बङ्गलादेश आइपुगेको थियो । (सिन्ह्वा)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका