नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७

गयो शक्तिशाली भूकम्प

गयो शक्तिशाली भूकम्प

काठमाडौं, २५ माघः फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका