सिजन भएकाले अहिले बजारमा थुप्रै पसल बाटो जहाँतही काफल बेच्न राखिएको देखिन्छ। आयुर्वेदमा काफललाई औषधिका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ। स्वास्थ्यका लागि निकै फाइदाजनक छ यो फल। यस्ता छन काफलका फाइदाः
–काफलमा एन्टी–अक्सिडेन्ट गुण हुन्छ। एनिमिया, दम, रुघा–ज्वरोलगायत समस्यामा यो लाभकारी छ। फल मात्र नभई यसको रूखको बोक्रा र पात पनि गुणकारी हुन्छ। त्यसमा पाइने तत्त्वले विभिन्न रोगको जोखिम कम गराउँछ।
–काफलले तनाव कम गर्न मद्दत गर्छ। यो खाँदा टाउको दुख्ने समस्याबाट राहत पाइन्छ।
–बढी मसला भएको खाना खाँदा हुने पेटसम्बन्धी समस्यामा पनि यसले राहत दिन्छ। पेट दुख्ने समस्या हट्छ। काफलमा एक चिम्टी नुन मिसाई खाँदा पेट दुख्न कम हुन्छ।
–आँखासम्बन्धी विभिन्न समस्यामा पनि काफल लाभकारी छ। आँखा दुख्ने, रातो हुनेलगायत समस्यामा यो फाइदाजनक छ।
–पखाला लागेमा एक वा दुई ग्राम काफलमा दुई गुणा मह मिसाएर खाँदा आराम मिल्छ।
–बढी मसला भएको खाना खाँदा हुने पेटसम्बन्धी समस्यामा पनि यसले राहत दिन्छ। पेट दुख्ने समस्या हट्छ। काफलमा एक चिम्टी नुन मिसाई खाँदा पेट दुख्न कम हुन्छ।
–साससम्बन्धी समस्या हुनेका लागि पनि काफल गुणकारी छ। काफलको धुलो, अदुवाको रस र महसँग मिसाएर खाँदा साससम्बन्धी समस्यामा लाभ मिल्छ।