नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • २० वर्ष पार गरेपछि युवतीमा आउँछ यस्ता ५ परिवर्तन

२० वर्ष पार गरेपछि युवतीमा आउँछ यस्ता ५ परिवर्तन

२० वर्ष पार गरेपछि युवतीमा आउँछ यस्ता ५ परिवर्तन

महिलाको उमेर २० पार गरेपछि केहि चिजहरुको परिवर्तन हुन्छ। उनीहरुको उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव छ ।

-हर्मोनको असन्तुलन बढ्दै जान्छ । जसका कारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ । फलफूल र सब्जीमा प्रशस्तमात्रामा आइरन, भिटामिन, मिनरल्स पाइन्छ ।

महिनावारीमा समस्या समाधानका लागि प्रशस्तमात्रामा फलफूल र हरियो सब्जी खानुपर्ने हुन्छ । उमेरमा परिवर्तनसँगै महिलामा देखिने अर्को परिवर्तन कपाल (रौं) हो ।

महिलाको गुप्तांग, छाती र पेटमा अस्वाभाविक रुपमा कपाल उम्रन सक्छ । यस्ता अस्वाभाविक कपाल हटाउनको लागि क्रिम या रेजको प्रयोग गर्नुपर्ने हुन्छ । रेजरको सहायताले रौंलाई स्थायीरुपमा समेत हटाउन सकिन्छ ।

-हर्मोनमा आउने परिवर्तनका कारण कपाल सुख्खा तथा जिंग्रिङ्ग बन्न पनि सक्छ । यस्तो बेला ३-४ चम्चा जैतुनको तेलले मालिस गर्दा उत्तम हुन्छ ।

-युवतीमा देखिने अर्को समस्या-डन्डीफोर । हर्मोनमा हुने परिवर्तनका कारण डन्डिफोरका साथै छाला सुख्खा हुने समस्या समेत उत्पन्न हुनेगर्छ । चिल्लो खानेकुरा कम खानुस्, साथसाथै दिनको २ देखि तीन पटकसम्म अनुहार धुँदा उत्तम हुन्छ ।

यसले अनुहारमा चिल्लोको मात्रा कम हुन्छ र डन्डिफोरको समस्या हट्छ । महिलाको मेटाबलिज्म स्लो हुँदै जान्छ र तौल बढ्दै जान सक्छ । तौललाई स्थीर राखिराख्नको लागि चिल्लो र कार्बोहाइड्रेडयुक्त खाना कम गर्नुपर्छ । यस्तै दैनिक बिहान ३० मिनेट मर्निङवाक पनि लाभदायक मानिन्छ ।

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्
भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् ।

पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् । आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनीयरिङ (एमजिसिइ) तथा नेपालको इञ्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) लाई परिचालन गरेको हो । आयोजनाले २०७६ असोज ६ गते इरानी कम्पनी एमजिसिइ तथा नेपालको एकोकोडीसँग सम्झौता गरेको थियो । हाल यी दुवै कम्पनीले साझेदारीमा काम गरिरहेका छन् ।

पारिश्रमिक नपाएर आन्दोलित हुने सबै नेपाली कर्मचारी हुन् । कम्पनीका कन्सट्रक्सन सुपरभिजन इञ्जिनीयर हर्कबहादुर ऐरले तलबबारे पटकपटक अवगत गराउँदासमेत कम्पनीले बेवास्ता गरेको बताउनुभयो । “हामीले माघ १९ गतेदेखि हडताल जारी राखेका छौँ, यसअघि छ पटकसम्म ध्यानाकर्षण गराइसकेका हौँ”, उहाँले भन्नुभयो, “तलब नपाएको एक वर्ष पुग्यो, अब त दैनिकी चलाउन मुस्किल प¥यो ।” आन्दोलनरत कर्मचारीले पारिश्रमिकको विषयलाई लिएर कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत, श्रम विभाग काठमाडौँ भेरी बबई डाइभर्सन आयोजना, राष्ट्रिय मानव अधिकार आयोगलगायतका निकायमा उजुरी दिएका छन् ।

आयोजनाले परामर्शदाता कम्पनीका कर्मचारीले पारिश्रमिक नपाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोजनाले प्रेस विज्ञप्ति जारी गर्दै तलब नपाउने कर्मचारी आफ्ना नभएको र तलब खुवाउने दायित्वसमेत आफूहरुको नभएको स्पष्ट पारेको हो । आयोजनाले भनेको छ, “आन्दोलनरत कर्मचारी आयोजनाको आफ्नै नभएर आयोजनाको सर्पोटर परामर्शदाताको भएकाले तलब भत्ता खुवाउने दायित्वसमेत उसैको हो ।” कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन परामर्शदाता कम्पनीलाई पटकपटक निर्देशन दिएको आयोजनाको भनाइ छ ।

कर्मचारीले तलब नपाउनुमा परामर्शदाताका साझेदारबीचको आन्तरिक मामिला जिम्मेवार रहेको र यसमा आयोजनाले हस्तक्षेप गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । हाल आयोजनाको दोस्रो चरणको निर्माण कार्य (हेडबक्स, सर्ज साफ्ट तथा वापर निर्माण) को काम भइरहेको छ । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । दोस्रो चरणका संरचना निर्माणमा रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका– ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका