काठमाडौँ । जीवनमा हार खाएर आ; त्मह; त्या गर्न चाहने प्रति समर्पित गर्दै गीतकार तथा संगीतकार बसन्त लम्सालले आफ्नो बिल्कुलै नयाँ मार्मिक म्युजिक भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक गरेका छन्।
यस गीतमा स्वर लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने शब्द, संगीत अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ। यस गीतलाई किरण कडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
बहुमुखी प्रतिभाका धनि गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले यस अघि ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन लम्सालले सबैलाई आग्रह गरेका छन्।