नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • सम्बन्ध विच्छेद पछि अन्तत इण्डियन आर्मी राहूलले गरे पुन विवाह

सम्बन्ध विच्छेद पछि अन्तत इण्डियन आर्मी राहूलले गरे पुन विवाह

सम्बन्ध विच्छेद पछि अन्तत इण्डियन आर्मी राहूलले गरे पुन विवाह

गोर्खा । नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो ।

अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए । भनिन्छ साँचो मायाको सामन्ने ईश्वरलाई झुक्नु पर्छ भने मान्छे त तिनै इश्वरद्धारा बनाइएका न हुन् । राहुलको रुप देखेर उनीसंग बिहे गर्न चाहानेहरुको लर्को पनि सोशल मिडियामा नलागेको होइन ।

राहूलसंग बिहे गर्न चाहेकाहरुले स्मीता र राहूल एक नभईदिए हुन्थ्यो भनेर सायदै कामना गरेका थिए पनि होलान् । तर जोडी मानिसले नभई माथिबाटै बन्छ भन्ने कुरा राहूल र स्मीताको पुर्नमिलन देखेर थाहा हुन्छ । यो पुनरमिलन गराउनमा राहूलको मात्र हात नभई दुवै पक्षका परिवारको पनि उत्तिकै सकारात्मक भूमिका रहेको छ ।

राहूलकी आमाले त नातिनी युरिकाकोलागी भएपनि आफु निकै नै खुशी भएको बताएकी छन् । स्मीताले पनि आफ्नै सबै गल्तीहरु स्वीकार गरेकी छन् भने सबैका हिरो बनेका राहूलले पनि आफुले १४ वर्षमा बिहे गरि ल्याएको श्रीमती स्मीताका सबै गल्तीहरुमा माफि दिएका छन् । यतिबेला उनी आफ्नै पुर्खेउली घर गार्खामा पारिवारिक भेटघाटकालागी जाँदैछन् । भिडियोसहित…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका