नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि १६ लाख सङ्कलन

मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि १६ लाख सङ्कलन

मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि १६ लाख सङ्कलन

दमौली, २२ माघ: तनहुँको व्यास नगरपालिका–१ निवासी मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि रु १६ लाख १० हजार छ सङ्कलन भएको छ । सोही वडामा रहेको नवयुवा क्लबको नेतृत्वमा आशमायाको उपचारका लागि उक्त रकम सङ्कलन भएको हो ।

आशमाया बचाउ अभियान गठन गरी रकम सङ्कलन अभियान थालिएकामा हालसम्म उक्त रकम सङ्कलन भएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो । त्यसमध्ये केही रकम उठ्न बाँकी रहेको तामाङले बताउनुभयो ।

तामाङका अनुसार जिल्लाभित्र रहेका र देश तथा विदेशमा रहेका नेपालीले आशमायाको उपचारका लागि सहयोग गरेका छन् । क्लवका अघ्यक्ष तामाङले प्रत्येक सहयोगदाताको विवरण फेसबुकमार्फत सार्वजनिक गर्दै आउनुभएको छ ।

सङ्कलित रकम छिट्टै पत्रकार सम्मेलन आयोजना गरी पीडितलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । मिर्गौला पीडितको काठमाडौँस्थित टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका