नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • याद भुलाएर जिन्दगी अगाडि बढाउन पुजालाई आकाशको आग्रह

याद भुलाएर जिन्दगी अगाडि बढाउन पुजालाई आकाशको आग्रह

याद भुलाएर जिन्दगी अगाडि बढाउन पुजालाई आकाशको आग्रह

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ शब्द चन्द्र प्रसाई ।।।परिस्कृत’ले कोरेका हुन् । गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन् ।

सन्तोष श्रेष्ठले संगीत भरेको गीत मेलोडियस शैलीमा तयार पारिएको छ । गजल सुन्दा आनन्द लाग्छ । गीतमा बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिब मिक्सिब र मास्टरिब छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले उतारिएको छ ।

गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ । पछिल्लो समयका ब्यस्त निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ ।

यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन् । इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका